संसद अबरोधप्रति चासो

‘व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन’ : ईश्वर पोखरेल

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ जेष्ठ ५, शनिबार (१२ महिना अघि)
  • ११५ पटक पढिएको
‘व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन’ : ईश्वर पोखरेल

जेठ ५, मोरङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्र्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।’

गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रष्ट पारे ।

उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको संघीयतालाई बलियो बनाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस