मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र गभर्नर सिफारिस समिति पुनर्गठन हुने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १, बुधबार (५ घण्टा अघि)
  • ५८ पटक पढिएको
मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र गभर्नर सिफारिस समिति पुनर्गठन हुने

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक यसअघि आज राति ८ बजे बस्नेगरि बौलाइएको थियो । सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो । मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमै लगानी बोर्डको बैठक पनि आह्वान भएको छ ।

बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनसम्मका एजेन्डा रहेको बताइएको छ । सचिव विनोदप्रकाश सिंह र गणेश पाण्डेले अनिवार्य अवकाश पाएपछि रिक्त रहेका सचिवका दुई पदमा बढुवाको तयारी सरकारको छ ।

त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ । पौडेल आफैं गभर्नर बन्न राजीनामा दिएका हुन् । उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस