१०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ९० पटक पढिएको
१०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा

साउन ६,काठमाडौँ । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा ल्याएको छ । झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गरेर आजबाट सञ्चालनमा ल्याइएको हो ।

उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन् । विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर नहकर्मीले दमकल मर्मत गरेका हुन् । यो दमकललाई आज ललितपुर, काठमाडौँ र भक्तपुरमा परीक्षण गरिने ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।

यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस