प्रश्नोत्तर कार्यक्रम

आज राष्ट्रियसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • ६७ पटक पढिएको
आज राष्ट्रियसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

साउन ३१, काठमाडौँ । राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जबाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जबाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा अन्य कार्यसूची पनि छ ।

#प्रश्नोत्तर कार्यक्रम

ताजा अपडेट

खोजी गर्नुहोस