असोज १४,काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो ।
समिति सदस्य ईश्वरी घर्तीले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको बताइन् ।
राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जनाएको छ । धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको अर्का एक सदस्यले बताए ।