असोज २०, काठमाण्डौँ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । आज (आइतबार) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच डीआईजी भरतबहादुर बोहराले मोटरसाइकल हस्तान्तरण गरे ।
जसमा १६ वटा मोटरसाइकल र १० वटा स्कुटर छन् । हराएको भन्दै विभिन्न मितिमा परेका उजुरीहरुका आधारमा प्रहरीले खोजतलास गरी मोटरसाइकल फेला पारेको हो । मोटरसाइकल तथा स्कुटरहरुमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।