सरकारले १ महिनामा करिब ४५ अर्ब रुपैयाँ ऋण तिर्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ५, सोमबार (५ घण्टा अघि)
  • ३५ पटक पढिएको
सरकारले १ महिनामा करिब ४५ अर्ब रुपैयाँ ऋण तिर्यो

बैशाख ५,काठमाडौँ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँले घटेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यसअघि चैत मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा ४४ अर्ब ८६ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।

सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ ।

कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस