जेठ ५ काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।
ओझालाई सरकारले गत फागुन १३ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो । गत चैत १७ गते उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले रिट निवेदन दायर गरेकी थिइन् ।