शेयरबजारमा दोहोरो अंकको बृद्धि तर लगानीकर्तामा छैन उत्साह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ५, सोमबार (६ घण्टा अघि)
  • ३८ पटक पढिएको
शेयरबजारमा दोहोरो अंकको बृद्धि तर लगानीकर्तामा छैन उत्साह

बैशाख ५,काठमाडौँ । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६ सय २८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

शेयरबजार दोहोरो अंकले वृद्धि भएपनि लगानीकर्ताले कारोबार उत्साह ढंगले गरेका छैनन् । खासगरी यतिबेला गभर्नरको पर्खाईमा लगानीकर्ता रहेको देखिन्छ । उनिहरुको मनस्थिती पर्ख र हेरको रहेको छ ।  आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस