ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (६ महिना अघि)
  • २९२ पटक पढिएको
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान

कात्तिक १८,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

सन २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन ९कोप–२१० को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो । उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

उक्त सम्मेलनमा भाग लिन मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठसमेत नयाँदिल्ली गएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस