नेकपा एमालेको सचिवालय बैठक बस्दै, के विषयमा हुनेछ छलफल ?

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक २४, शनिबार (६ महिना अघि)
  • ६५ पटक पढिएको
नेकपा एमालेको सचिवालय बैठक बस्दै, के विषयमा हुनेछ छलफल ?

कार्तिक २४, काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । आज बस्ने बैठकमा स्थानीय तहको उपचुनावको विषयमा छलफल हुने बताइएको छ । त्यस्तै समसामयिक राजनीति, सरकार सञ्चालन, सरकार सञ्चालनका लागि गठित संयन्त्रलगायतका विषयमा छलफल हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस