सर्वोच्चले माग्यो बेचन झालाई थुनामा पठाउनुको कारण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
सर्वोच्चले माग्यो बेचन झालाई थुनामा पठाउनुको कारण

पौष ५, काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ । झाले थुनामुक्त हुनुपर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको हो । न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको हो ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदरको माग गर्दै झाले बिहीबार मात्रै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको भन्दै ठगी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस