सिंह र बोहरा एआईजीमा बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • ५८ पटक पढिएको
सिंह र बोहरा एआईजीमा बढुवा

पौष ५, काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस