बालेनलाई अमरेशको ठाडो चुनौती–’सक्छौ भने संसद् भवन र सर्वोच्च भत्काऊ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २८, सोमबार (३ महिना अघि)
  • ६४ पटक पढिएको
बालेनलाई अमरेशको ठाडो चुनौती–’सक्छौ भने संसद् भवन र सर्वोच्च भत्काऊ’

माघ २८, काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् ।
उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् ।

“हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो । काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात भएको थियो हिटलरबाट । त्यसरी नै प्रस्तुत हुँदैछन्,” अमरेशले भने, “हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो । त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन् । जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन ।”

उनले त्यसो भनेर बालेनलाई चुनैती दिएका थिए ।

“म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन ।”

ताजा अपडेट

खोजी गर्नुहोस