वैशाख २७, काठमाडौं । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सिराहा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका( ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो । अभिभावकको उजुरीपछि इलाका प्रहरी कार्यालय गोलबजारले उनलाई पक्राउ गरेको हो ।
उनले बालकलाई कक्षा कोठाबाट बाहिर निकाली अर्को कोठामा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेको अभिभावकले बताएका छन् । कुटपिटबाट बालकको शरीरभरी निलडाम छ । कुटपिटबाट चोट लागेका बालकको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ ।