जननेता मदन भण्डारी र जीवराज आश्रितको आज ३२औैं स्मृति दिवस

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ३, शनिबार (११ घण्टा अघि)
  • ४२ पटक पढिएको
जननेता मदन भण्डारी र जीवराज आश्रितको आज ३२औैं स्मृति दिवस

जेठ ३, काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

स्मृति दिवसमा अवसरमा एमालेले बल्खुमा रहेको पुरानो पार्टी कार्यालयस्थित मदन भण्डारीको शालिकमा बिहान साढे ८ बजे माल्यापर्ण गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । जीप चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस