स्थानीय तहमा पुर्वाधार निमार्ण सुस्त, ठेकेदारको लापर्वाही त कतै बजेट अभाव

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (८ घण्टा अघि)
  • ५८ पटक पढिएको
स्थानीय तहमा पुर्वाधार निमार्ण सुस्त, ठेकेदारको लापर्वाही त कतै बजेट अभाव

जेठ ३, काठमाडौं । ठेकेदारको ढिलासुस्तीका कारण स्थानीय तहका अधिकांश सडक निमार्णको काम अलपत्र परेका छन् । तोकिएको मितिमा काम सम्पन्न नहुने र म्याद थप गर्दा पनि काम सम्पन्न नहँदा स्थानीय जनताले दुख पाउने गरेका छन् ।

दार्चुलाको दुर्गम ठाउँ अपिहिमाल गाउँपालिकामा अझै सडक पुगेको छैन् । बर्षेनि सडक निमार्णका लागि लाखौं रकम छ्ट्टाइदाँ पनि ठेकेदारको ढिलासुस्तीका कारण दार्चुलाको अपिहिमाल गाउँपालिका मकारीगाडदेखि खण्डेश्वरीसम्म जोड्ने सडक निमार्णले गति लिन नसकेको हो ।

पालिकामा मानिस र खच्चड हिड्न मिल्ने बाटो मात्रै छ । स्थानीयहरु किनमेलका लागि ४ घण्टा हिडेर मकरीगाड पुग्नुपर्ने बाध्यता छ । अझै पनि पालिकाका सबै वडामा विलुली पुग्न सकेको छैन । पालिकाभित्रका ६ वडामध्ये अहिलेसम्म ५ नम्बर वडामा मात्रै पुगेको छ भने बाँकी ५ वडामा विजुली नै पुगेको छैन् । नागरिकहरु अध्यारोमै छन् ।

पालिकामा संघ र प्रदेशले सहयोग नगर्दा आफुहरु पछाडि परेको पालिका उपाध्यक्ष देवकी देवी बोहराले बताएका छन् ।

यस्तै दार्चुलाकै मालिकार्जुन गाउँपालिकाले भने आफुहरु सँग स्रोत साधन सीमित रहेकाले जनताका समस्याहरु थाती रहेको बताएको छ । स्रोत साधनको कमी कै कारण जनताका आकाक्षालाई पुरा गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले बताए ।

उनले पालिकाले विकृतीजन्य मदिरा, दुव्र्यसनी रोक्नका लागि आरोग्य केन्द्र स्थापना गरेर वैकल्पिक चिकित्सक मार्फत मानिसहरुलाई निरोगी बनाउने अभियान संचालन गरेको बताए ।

यता स्थानीय तहहरुले पुर्वाधार निमार्णमा बजेट अभावले गर्दा काम रोकिएको बताएका छन् । एकातिर संघले दिने कम बजेट र अर्को तर्फ प्रदेश सरकारको शुन्य सहयोगले गर्दा वितृष्णा पनि बढ्न थालेको छ । भुगोलको हिसाबले विकट मानिने ठाउँहरुमा अझै पनि सडक नपुग्दा घण्टौं पैदल ह्ुिनुपर्ने बाध्यता छ ।

गोरखाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिकाका ६ वटा वडामा अझै सडक पुगेको छैन । बेनीघाट रोइला भञ्ज्याङ नाका जोड्ने सडक निमार्णका लागि सरकारले वर्षेनि बजेट विनियोजन गरेपनि पछिल्ला वर्षहरुमा भने बजेट घट्दै जाँदा कामले गति लिन नसकेको पालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताए ।

यस्तै डोटीको सयाल गाउँपालिका भने नयाँ योजना छनोटको तयारीमा जुटेको छ । अघिल्लो वर्ष पुर्वाधार, निमार्णलाई पहिलो प्राथमिकता दिएर काम गरेको पालिकाले यस वर्षको नीति तथा कार्यक्रममा भने नयाँ योजनाहरु थप्ने जनाएको छ । अघिल्ला वर्ष गरेका काम भन्दा फरक र नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले बताए ।

प्रदेश सरकारको सहयोग भने पालिकामा शुन्य नै छ । आफ्नो जिल्लाबाट मन्त्री नभएको र विकासका लागि कुनै सहयोग नभएको उपाध्यक्ष जोशीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस