जेठ ४, काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न विशेष अदालतको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले शुक्रबार कानूनबमोजिम गर्न आदेश दिएको हो । उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।
विशेष अदालतले सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको उक्त आदेशविरुद्ध उनले गत माघ तेस्रो साता सर्वोच्चमा निवेदन दिएका थिए ।
पूर्वसांसद तामाङमाथि सिभिल सहकारीको हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको छ । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन् ।