संसद्का दुवै सदनमा आज मन्त्रीहरुसंग प्रश्नोउत्तर हुने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ५, सोमबार (११ घण्टा अघि)
  • ३३ पटक पढिएको
संसद्का दुवै सदनमा आज मन्त्रीहरुसंग प्रश्नोउत्तर हुने

जेठ ५, काठमाडौं । संघीय संसद्का दुवै सदनमा आज मन्त्रीहरुसंग प्रश्नोउत्तर हुने भएको छ । दुवै सदनमा विभिन्न मन्त्रालयसंग सम्बन्धीत मौखिक प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसुचि तय गरिएको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ ।

संसद सचिवालयका अनुसार बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

यस्तै आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने कार्यसुचि छ ।

राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नेछन् ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसुची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस