जेठ ५ काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सुधारका लागि सुझाव समिति गठन गरेको छ ।
सोमबार प्राध्यापक डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा प्रा.डा. ईश्वरी कडरिया र डा. यज्ञगजाधर खड्का सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समितिले नार्कलाई समयसापेक्ष हुने गरी सुधारका लागि आवश्यक सुझाव बुझाउन ९० दिनको समय पाएको जानकारी गराए ।