प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ६, मंगलबार (१५ घण्टा अघि)
  • ३९ पटक पढिएको
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

जेठ ६, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीले जवाफ दिने भएका छन् । बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस