जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री अस्वस्थ भएकै कारण सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।
सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ ।
प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।