राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ६, मंगलबार (९ घण्टा अघि)
  • ४७ पटक पढिएको
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

जेठ ६, काठमााडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो ।

झण्डै साढे दुई महिनापछि राष्ट्र बैंकले १८ औं गभर्नर पाएको छ । गभर्नरमा सत्ताधारी दल नेपाली कांग्रेस र एमालेबीच कुरा नमिल्दा नियुक्त प्रकृया लम्बिएको हो । गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले आजै पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

अन्य दुई जनामा कामु गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

ताजा अपडेट

११ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस