युक्रेनमा अमेरिकाले हतियार आपूर्ति बन्द गर्यो, रुसी आक्रमण बढ्ने आशङ्का

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ अषाढ १९, बिहिबार (१४ घण्टा अघि)
  • ४३ पटक पढिएको
युक्रेनमा अमेरिकाले हतियार आपूर्ति बन्द गर्यो, रुसी आक्रमण बढ्ने आशङ्का

असार १८,काठमाडौँ । अमेरिकाले हतियार आपूर्ति बन्द गरेपछि रुसी आक्रमण बढ्ने युक्रेनले आशङ्का गरेको छ । अमेरिकाले हतियार आपूर्ति बन्द गरेका कारण रुसले आफूमाथि लडाइँ अझै लम्ब्याइदिने युक्रेनले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुस–युक्रेन युद्ध अहिले चौथो वर्षमा चलिरहेको छ ।

गएको मङ्गलबार ह्वाइट हाउसले युक्रेनलाई दिइने केही हतियार आपूर्ति बन्द गरेको बताएको थियो । अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको रक्षा विभागको समीक्षापछि अमेरिकाको हितलाई प्राथमिकता दिन यो निर्णय गरेको ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी सबै विवरणहरू समीक्षा गरिरहेको बताउनुभएको छ । यस्तै युक्रेनी विदेश मन्त्रालयले कुनै पनि ढिलाइले आक्रमणकारीलाई शान्ति खोज्नुको सट्टा युद्ध र आतङ्क जारी राख्न मात्र प्रोत्साहित गर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ । तर पछिल्लो समयमा ट्रम्प प्रशासनभित्र केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डारण कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । रोकिने हतियारहरूमा वायु रक्षा मिसाइल र छोटो दूरीका पनि समावेश छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस