लोकसेवा विवाद सम्बन्धी सबै निवेदनको एक साथ सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ४, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ४, काठमाडौँ । सर्वोच्च अदालतमा दायर भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापन सम्बन्धी विवादसम्बन्धी सबै निवेदनको बुधबार एकै साथ सुनुवाई हुँदैछ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । सोही अनुसार ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय भएको छ ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो । आयोगले भने फारम भर्नका लागि १० दिन समय थप गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस