चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ५, आईतबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् ।

यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।

राष्ट्रिय सम्पत्ति निगरानी समितिका सचिव एवं प्रवक्ता फङ्ग ह्वा काङ्गले सोही बेइजिङमा सञ्चारकर्मीलाई जवाफ दिँदै यस वर्षको पूर्वाद्र्धमा चीनको केन्द्रीय व्यवसायको व्यापारिक आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएर जुन महिनामा खुद नाफाले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको बताएका हुन् ।

प्रवक्ता फङ्गले हालै राष्ट्रिय सम्पत्ति निगरानी समितिले सक्रिय रुपमा प्रबन्धको उत्पादन, जहाजको उत्पादन र रासायनिक उद्योग आदि क्षेत्रको व्यावसायिक गतिविधिको अध्ययन गरेर राष्ट्रिय सम्पत्तिको बनौटलाई निरन्तर सुधार गर्ने पनि बताएका छन् ।सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस