पृथ्वी ठूलो दुर्घटनाबाट बच्यो, नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २७, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । एउटा ठूलो आकाशीय पिण्ड पृथ्वीमा झर्न सक्ने खतरा टरेको छ।

‘२००६ क्यू क्यू २३’ नामक पिण्ड शनिबार पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीबाट गुज्रेको हो।

यो दूरीलाई अन्तरिक्षमा निकै नजिक मानिन्छ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार पेरिसको अइफल टावरभन्दा ठूलो पिण्ड १० हजार ४ सय माइल प्रतिघन्टाको गतिमा अन्तरिक्षमा घुमिरहेको ‘२००६ क्यू क्यू २३’ थियो।

भिडियो फुटेजमा १ हजार ८ सय ६० फिट व्यास भएको उक्त आकाशिय पिण्ड पृथ्वीको नजिक हुँदै गएको देखिन्छ।

पृथ्वीको आसपास धेरै समय अघिदेखि घुमिरहे पनि यसको पहिचान सन् २००६ को अगस्टमा भएको थियो।

‘२००६ क्यू क्यू २३’ निकै खतरनाक भएको बताएका बैज्ञानिकहरुले पृथ्वी ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्।

नासाका अनुसार यदि उक्त आकाशिय पिण्ड पृथ्वीमा ठोक्किएको भए कुनै परमाणु बम भन्दा पाँच सय गुणा बढी विध्वंस मच्चाउने थियो।

ताजा अपडेट

खोजी गर्नुहोस