जम्मू–काश्मीरको राजौरीमा गोली हानाहान, नेपाली मूलका भारतीय सैनिक थापाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । जम्मू–काश्मीरको राजौरीमा पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप भारतीय पक्षले लगाएको छ । नौशेरा क्षेत्रस्थित सिमामा शनिबार बिहान साढे ६ बजेदेखि गोलीबारी भएको थियो । पाकिस्तानको फायरिङमा सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु भएका थापा देहरादूनका थिए ।

जबाफमा भारतीय सेनाले पाकिस्तानको एउटा चौकी ध्वस्त पारिदिएको भास्कर न्युजले उल्लेख गरेको छ ।

पाकिस्तानले साना हतियारले फाइरिङ गरेको भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

यसअघि २९ जुलाइमा पनि दुई भारतीय सैनिक मारिएका थिए । पाकिस्तानले पटक–पटक युद्ध विरामको उल्लंघन गरेको भारतीय पक्षको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस