भारतमा ‘नागरिकता संशोधन विधेयक’विरुद्ध आन्दोलनले उग्र रुप लिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २९, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २९,काठमाडौँ । ‘नागरिकता संशोधन विधेयक’लाई लिएर असमलगायत पूर्वोत्तर राज्यमा प्रदर्शन चर्किएपछि अब पश्चिम बंगालमा पनि विरोध सुरु भएको छ ।

बंगालको मुर्शिदाबादमा प्रदर्शनकारीहरुले लालगोला रेलवे स्टेशनमा पाँच वटा खाली ट्रेनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरुले राज्यका विभिन्न क्षेत्रका सडक पनि अवरुद्ध गरे ।

जसका कारण सडक यातायात र रेल सेवा पनि प्रभावित भयो । मुर्शिदाबाद र उत्तरी २४ परगना जिल्ला तथ हावडा (ग्रामीण) मा प्रदर्शनले उग्र रुप लिएको प्रहरी अधिकारीले जनाएका छन् ।

हावडा जिल्लाको एक रेलवे स्टेशन परिसरको भाग शनिबार प्रदर्शनकारीहरुले जलाएको र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुलाई हातपात गरेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहानदेखि नै नागरिकता संशोधन विधेयकको विरोध गरिरहेका हजारौँ प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै केही पसलमा पनि आगो लगाएका छन् । रेलवे सुरक्षा बलका एक वरिष्ठ अधिकारीले भने, ‘दिउँसोको समयमा प्रदर्शनकारीहरु रेलवे स्टेशनमा छिरे र टिकट काउण्टरमा आगो लगाइदिए ।’

प्रदर्शन चर्किएपछि ४० भन्दा बढी रेलवे सेवा रद्द गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । रेलवेका कर्मचारीहरु ज्यान बचाउन स्टेशन छोडेर भागेका थिए । प्रदर्शनकारीहरुले सार्वजनिक बस, दमकलामा पनि आगो ल्याउन भ्याए ।

भारतको लोकसभा र राज्यसभाबाट ‘विवादित’ नागरिकता संशोधन विधेयक २०१९ पारित भएसँगै भारतको पूर्वोत्तर राज्य असममा हिंसात्मक प्रदर्शन बढ्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस