खुसी हुनेमा नेपाली ९२औं नम्बरमा, गत वर्षभन्दा ८ स्थान माथि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । विश्वका खुसी हुने मुलुकको सूचीमा नेपाल ९२ औं स्थानमा उक्लिएको छ । सन् २०१८ मा नेपाल १००औं स्थानमा थियो । यसपल्ट आठौं स्थानमा उक्लिएको हो । नेपाल सन् २०१७ मा १०१औं स्थानमा थियो । खुसी हुने मुलुकको सूचीको पहिलो नम्बरमा विगत तीन वर्षदेखि फिनल्यान्ड रहँदै आएको छ ।

संयुक्त राष्ट्रसंघले विभिन्न ६ आधारमा बर्सेनि विश्वका मुलुकको खुसी मापन गर्दै आएको छ। राष्ट्रसंका अनुसार प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक सहयोग, स्वतन्त्रता, विश्वास र उदारता तथा भ्रष्टाचारबारे आममानिसको सोचाइ खुसी मापनका आधार हुन् । यसपल्ट भने वातावरण, सामाजिक, सहरी र प्राकृतिक सम्पदाका विषयमा आधारित रहेर प्रतिवेदन तयार पारिएको हो । दक्षिण एसियामा खुसी हुने मुलुकको सूचीमा पाकिस्तान ६६औं स्थानमा र माल्दिभ्स ८७औं स्थानमा छन्। यस्तै बांग्लादेश १०७औं, श्रीलंका १३०औं, भारत १४४औं र अफगानिस्तान १५३औं स्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस