जेठ १३,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै दिनमा लब्धांक पत्र उपलब्ध गराउन ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सेवाको उद्घाटन गर्नु भएको हो ।
कीर्तिपुरमा रहेको विश्वविद्यालयमा सुरु गरिएको यो सेवाले लब्धांक पत्र लिनका लागि महिनौं कुर्नुपर्ने कठिनाईलाई सहज बनाएको खनियाँले बताए । उपकूलपति खनियाँले विश्वविद्यालयलाई प्रविधिमय बनाउँदै लैजाने बताउनुभएको छ । यो प्रविधि सुरु भएसँगै २४ घण्टा भित्र विश्वविद्यालयका विद्यार्थीहरुले आफनो लब्धांक पत्र लिन पाउनेछन ।
विश्वविद्यालयले परीक्षासम्बन्धी सबै व्यवस्थापन अनलाइन सेवाबाट विस्तार गर्ने योजना पनि अघि सारेको छ । विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश र क्षेत्रीय स्तरमा पनि शाखा कार्यालय खोल्ने योजना बनाएको पनि उपकूलपति खनियाँले बताए ।