आज बजेट अध्यादेश संसद्मा पेस हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाण्डौ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सरकारले अध्यादेशबाट जारी भएको बजेटलगायत अन्य अध्यादेश अनिवार्यरूपमा पेस गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । प्रतिनिधिसभा नियमावली–२०७५ को नियम ९३ मा अध्यादेश जारी भएपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा जारी भएका अध्यादेशहरू सरकारले पेस गर्नुपर्ने व्यवस्थाका कारण उक्त बाध्यता सिर्जना भएको हो ।

सरकारले यी अध्यादेश बैठकमा पेस गर्दा अध्यादेश जारी गर्नुपर्दाको परिस्थिति र कारणसमेतको विवरण पनि संलग्न गर्नुपर्नेछ । कुनै सदस्यले पेस भएका अध्यादेश अस्वीकार गर्न चाहेमा त्यस्तो सूचना पेस भएको मितिले दुई दिनभित्र प्रतिनिधिसभाका महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने नियमावलीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस