साउन ३, काठमाडौ । प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो ।
दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन् ।