जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्न लागेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगको इजलास बस्न लागेको हो ।

आयोगका इजलासमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले कानून व्यवसायी राखेर बहस गर्न सक्नेछन् । इजलासमा बहसका लागि दुवै पक्षलाई आयोगले बोलाएको छ । दुवै पक्षको बहस सकिएपछि आयोगले निर्णय सुनाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस