साउन ३, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् ।
नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल निकट सांसदल हुन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन् ।