साउन ३, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बिस्वासको मत दिने बिषयमा तटस्थ बस्ने भन्दै एमाले माधव पक्ष केही नेता घरतिर लागेका छन् ।
विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत
नदिने निर्णय गर्दै नेपाल पक्षका १० सांसदहरु संसद भवनको पछाडिको ढोकाबाट निस्किएर घरतिर लागेका छन् ।
सांसदहरू गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे,यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा,दिपक भट्ट, नारायण खतिवडा संसद भवनबाट बाहिरिएका हुन् ।
बरिस्ठ नेता माधवकुमार नेपाल, सांसदहरू रामकुमारी झाक्री, बिरोध खतिवडा, मेटमणी चौधरी लगायत संसद भवनमै रहेका छन् ।