प्रधानमन्त्री देउवाले विश्वासको मत पाए ! पक्षमा‍‍ १६५, विपक्षमा ८३ मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

राप्रपा र नेमकिपाका एक/एक सांसदले मतदान गरेनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस