मोदीले नेपाललाई छिट्टै कोरोनाको खोप उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ४, सोमबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ४ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस