साउन ६, काठमाडौ । नेकपा माओवादी केन्द्रले अब पार्टी निर्माणलाई अघि बढाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले पार्टी निर्माणलाई गति दिन केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
त्यसैगरी माओवादी स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सबै राजनीतिक पार्टी र सांसदहरुलाई धन्यवादसमेत दिएको दिएको छ ।
माओवादीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवस ९ गते पर्ने भएकोले केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने र देशभर कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।