कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ८,काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । बैठक पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ ।

बैठक मूलतः महाधिवेशन केन्द्रित छ । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसपछि केन्द्रीय समिति बैठक बोलाउनुपूर्व केही जरुरी निर्णयका लागि पदाधिकारी तहले केही सहमति बनाउने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस