एमाले नेता भीम रावलले लिए राजीनामा फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण ८, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।

निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई सरी भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस