निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १०, आईतबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस