जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेपालले भने एमाले पतनको बाटोमा छ !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरे ।

केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको छ । त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको नेपालले बताए।

नेता नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस