कार्तिक १,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलन बारेमा छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, पालिका सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निचोडमा नपुगिएको पनि उनले जानकारी दिए । स्थायी कमिटीको अर्को बैठक भोलि बिहान बस्नेछ । भोलिको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए ।