मंसिर १५, काठमाडौं । काठमाडौँका विभिन्न ठाउँबाट ३० जना भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।
एसिया प्यासेफिक समिटको विरोध गर्न सडकमा निस्केकाहरुलाई प्रहरीले धरपकड गरेको हो । काठमाडौँको चुच्चेपाटीसहितका स्थानबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले भ्यानमा राखेर लगेको छ ।
प्रहरीले प्रदर्शन सुरु नहुँदै धरपकड सुरु गरेको हो । सडकमा चार/पाँच जनाको समूह देख्ने बित्तिकै प्रहरीले पक्राउ गरिरहेको छ ।
चर्च आवद्ध संस्थाहरुको सम्मेलन भएपनि सरकारले त्यसमा अनावश्यक भूमिका खेलेको र जोर-विजोर प्रणाली समेत लागु गरेर जनतालाई दुःख दिएको भन्दै विरोध भइरहेको छ ।