‘निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा गृहमन्त्री थापाको नैतिकतामाथी प्रश्न’ : सचिव पराजुली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । अनेरास्ववियू सचिव सुदेश पराजुलीले सरकारले कञ्चनपुरकी १३ वर्षिया बालीका निर्मला पन्तको बलत्कार पछि हत्या गर्नेलाई सरकारले कठघरामा ल्याउन आनाकानी गरेको आरोप लगाएका छन् । निर्मलाको हत्यारालाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भैरहेका बेला उनले यस्तो बताएका हुन् ।

निर्मलाको हत्यारा यतिका दिनसम्म सार्वजनिक गर्न नसक्नाले सरकारले नै बलत्कारी र हत्यारा संरक्षण गरेको हो की भन्ने आशंका पलाएको उनले अनलाइनकेन्द्रसँग बताए । अनेरास्ववियूले निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गरिररहेको बताउँदै छिटोभन्दा छिटो निर्मलाले न्याय पाउनुपर्ने धारणा व्यक्त गरे ।
गृहमन्त्री राम बहादुर थापा बादलले केही समयअघि निर्मलाले न्याय नपाए आफुले पदबाटै राजीनामा दिने बताएको स्मरण गर्दै निर्मलाको हत्यारा सार्वजनिक नहुनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको समेत बताए ।

त्यस्तै सरकारले पाहुनालाई खुसी पार्ने नाममा पोलपोलमा टाँसीएको निर्मला पन्तको तस्विर हटाउने कार्य गलत भएको समेत बताएका छन् । अनलाईन केन्द्रसँग बोल्दै उनले सरकारले हत्यारा सार्वजनिक गर्नुको साटो हत्याराकै ढाकछोप गर्न खोजेको आरोप लगाए ।
सचिव पराजुलीले निर्मलाला लगायतको हजारौं निर्मला तथा छोरी चेलीहरुको न्यायका निम्ति उत्रन अनेरास्ववियू कटिबद्ध रहेको उल्लेख गरे ।

फरक प्रसँगमा बोल्दै सचिव पराजुलीले सरकारले सबै धर्मको संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस