शेयर बजारमा पहिरो जाने क्रम जारी ! आज कति अंकले घट्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ १८, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको छ ।

आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो । बैंकिङ ५.३४, जलविद्युत् १३.५९, फाइनान्स ३.०४, बीमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस