‘सर्टिफिकेट धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण’ : राष्ट्र बैंक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन ११, बिहिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज ११,काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधिमा उल्लेख भएका सबै कर्जा दिन बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बिहीबार सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि २०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले २०७४ सालको व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितको घर निर्माणका लागि सामूहिक जमानीको निब्र्याजी ऋणसम्बन्धी कार्यविधि खारेज गरेर नयाँ कार्यविधि अनुसार ऋण दिन पनि निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर सुहलियत ऋण पाउने, विदेशबाट फर्केकाहरुले ऋण पाउने, महिला उद्यमको लागि ऋण, शैक्षिक कर्जा, दलित कर्जा, व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितलाई सहुलियतमा ऋण दिन कार्यविधि बनाएको थियो ।

सहुलियतमा ऋण पाउनेले बैंकहरुले तोकेको आधारदरको बढीमा २ प्रतिशत ब्याजमा ऋण पाउनेछन । यस्तो कर्जाको ब्याजदर बढीमा ७ प्रतिशतसम्म मात्रै हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस