नेपाली उद्योगमा डेढ लाख श्रमिक माग, तर कामदार पाउँनै मुस्किल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौं । स्वदेशमा काम नपाएको भन्दै राजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ।

खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले १ लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्।

स्वदेशको रोजगारी छोडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन सकेका छैनन्।

हस्तकला उद्योग र जलविद्युत कम्पनीले सरकारसँग दक्ष नेपाली कामदार अभावमा उद्योग र परियोजना वन्द गर्नुपर्ने अबस्था आएको गुनासो गरेका छन्।

इँटा उद्योगले कामदारलाई मासिक ३० हजार दिन्छन्। इँटा उद्योगले माग अनुसार नेपाली श्रमिक नपाउँदा देशभरीका इँटा भट्टाले १ लाख ५० हजार भन्दा बढी भारतीय जनशक्तिको भरमा उद्योग सञ्चालन गरिरहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस