ब्याजदर नघटाए उद्योगको तालाचाबी बैंक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २५, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाडौं । सुर्खेतका उद्योगी व्यवसायीले बैंकले चर्को ब्याज लगाएको भन्दै त्यसविरुद्ध सडक संघर्षमा उत्रिएका छन्। चर्को व्याजका कारण उद्योग पलायन हुने अवस्था हुने अवस्था आएको भन्दै अविलम्ब व्याज घटाउन माग गरेका छन्।

बैंकहरूले ८/९ प्रतिशतबाट दिइएको व्याज १४ प्रतिशत पुर्‍याएको भन्दै नघटाए व्यवसायको तालाचबी बैंकमा बुझाउने चेतावनी दिएका छन्। चर्को व्याजको कारण लगानी उठ्न नसक्ने निश्‍चित भएको उनीहरूको दाबी रहेको छ।

यता रुपन्देही उद्योग वाणिज्य संघले पनि मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन बुझाएको छ। तरलता अभावको नाममा व्याज बढाएर उद्योगीलाई समस्या पारेको भन्दै उनीहरूले घटाउन माग गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस